प्रविधिमैत्री बन्दै विशेष अदालत

काठमाडौँ – विशेष अदालतले भर्चुअल माध्यामबाट विदेशमा रहेर पनि सुनवाइ गर्न मिल्ने व्यवस्था ल्याएको छ ।  यस अगाडि विदेशबाट साक्षी बकपत्र मात्र गरिएको थियो भने नेपालका विभिन्न जिल्लासँग समन्वय गरी प्रतिवादीहरुको बयान गराई थुनछेक बहस र आदेशसमेत भर्चुअल माध्यामबाट गर्दै आएको थियो । सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय न्यायधीशहरु डाक्टर खुशी प्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासमा अमेरिकाबाट बहस तथा छलफल एवम् सुनुवाइ भएको छ । सार्वजनिक सम्पतिको हानी नोक्सानी गरी गराई भ्रष्टाचार गरेको अभियोगको एउटा मुद्दामा विपक्षी सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमको तर्फबाट मेरिकाको कान्सास राज्यबाट अधिवक्ता अपूर्व खतिवडाले भर्चुअल मार्फत बहस गर्नुभयो । भर्चुअल मार्फत भएको सुनुवाइको पनि रेकर्ड राख्ने गरिएको अदालतले जनाएको छ । नेपालको न्यायिक परिपाटीमा विदेशबाट समेत बहस छलफल सुनी पक्षहरुको स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पँहुचको अधिकार अन्तर्गत भएको प्रविधियुक्त यो नौलो प्रयोग भएको अदालतलको भनाइ छ । यसैगरी नेपाल बार,सरकारी वकिल र सरोकारवालासँग छलफल गरी क्रमशः सार्वजनिक सरोकारका विशेष मुद्दाहरुमा प्रत्यक्ष सुनुवाइ गर्ने लक्ष्य रहेको पनि अदालतले जनाएको छ ।

बहस मात्रै नभइ विशेष अदालतले आफ्ना हरेक गतिविधिलाई प्रविधिमैत्री बनाउदै लगिरहेको छ  । अदालतकै प्राङ्गणको प्रतिक्षालयमा बसेर इजलासमा भइरहेको बहस प्रत्यक्ष हेर्न र सुन्न सक्ने व्यवस्थासंगै प्राङ्गणमै डिजिटल बडापत्र राखिएको छ । प्रविधिमैत्री सेवाले न्यायमा सबैको सहज र समान पहुँच पुर्याउन सहयोगी हुने विश्वास अदालतले लिएकोछ ।

विशेष अदालतले सूचना प्रविधिहरुको प्रभावकारी प्रयोग गरेसँगै यसको परिणाम पनि राम्रै देखिएको छ । अदालतको गत आर्थिक वर्षमा ८८ प्रतिशत मुद्दाको फर्छौट गरी कानूनले तोकेको म्याद ६ महिनाभित्रै मुद्दाको कारबाही र किनारा गर्न पूर्ण रुपमा सफल भएको छ । सरकारले डिजिटल फ्रेमवर्कको अवधारणा अघि सारेर आफ्ना सबै गतिविधिलाई प्रविधिमैत्री बनाउने महत्वाकांक्षी योजना अघि बढाएको सन्दर्भमा विशेष अदालतले शुरु गरेको यो अभ्यास अन्य तहका अदालत र निकायहरुले पनि शुरु गरेमा सेवाग्राहीले कम झन्झटमा राज्यले दिने सेवा र सुविधा उपयोग गर्ने सरोकारवालाहरु बताउँछन् ।। क्यामेरामा प्रद्युम्न ढुंगेलको साथमा दुर्गा खड्का नेपाल टेलिभिजन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्