एमालेले दान लिएकाे जग्गामा कुनै संरचना नबनाउन सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ  – सर्वोच्च अदालतले व्यापारी मीनबहादुर गुरुङले एमालेलाई दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै गुरुङले दान दिएको जग्गामा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।

विभिन्न कसूरमा चलिरहेका व्यक्तिले कुनै पार्टीलाई करोडौं रुपैयाँको जग्गादान दिनु भ्रष्टाचार भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेत र श्यामकृष्ण मास्केले रिट दायर गर्नुभएको थियो । आज सर्वोच्चले जग्गामा संरचना नबनाउन अन्तरिम आदेश दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्