नेपाल राष्ट्र बैंकद्वारा तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री शुरु

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको हो ।

चाँदीको स्मारिका तथा मेडालियनको बिक्री आइतबारबाट शुरू भएकोमा बुधवारसम्म किन्न पाइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । सुनको असर्फी भने भोलि एक दिन मात्रै किन्न पाइनेछ ।

महाशाखाका अनुसार १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का बिक्री भइरहेको छ । १० ग्रामको चाँदी सिक्काको भाउ २ हजार २ सय रुपैयाँ, २५ ग्रामको ५ हजार ५ र ३५ ग्रामका ८ हजार ४ सय रुपैयाँ तोकिएको छ । सुनको सिक्का २ दशमलव ५ ग्राम तौलको हुने राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्