साताको पहिलो दिन आज नेप्से एकल अंकले घट्यो

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेप्से एकल अंकले घटेर २६१७ मा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१९ अंक घटेको हो ।  बिहीबार ५ अर्ब ४१ करोडको कारोबार भएकोमा यस दिन ४ अर्ब ७३ करोडको भएको छ । जुन करोबार अघिल्लो दिनको तुलनामा कम हो ।

कालिन्चोक दर्शनको ९.७७, मकर जितुमाया हाइड्रोको ७.३९, नेपाल फाइनान्सको ६.६८, जानाकी फाइनान्सको ५.९० प्रतिशत मूल्य बढ्यो । नेपाल एसबीआई बैंकको मूल्य ६.७९ प्रतिशत घट्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्