नेकपा एमाले कञ्चनपुरद्वारा स्थानीय तहका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना

कञ्चनपुर – कञ्चनपुरमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार नेकपा (एमाले) कञ्चनपुर स्थानीय विकास विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख अशोक कुमार चन्दको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यता रहेको थियो ।

अन्तरक्रियामा जनप्रतिनिधिका पहिलो प्राथमिकता: जनविश्वास आर्जन, स्थानीय तह र जनपक्षीय प्रतिनिधिका दायित्व ,जनप्रतिनिधि शुद्धताको लागि पार्टीको भुमिका, आर्थिक पारदर्शिता तथा शुद्धता र नेतृत्व शुद्धता , समृद्ध नेपाल र सुखी नेपाली निर्माणमा स्थानीय सरकारको भुमिका, लगायत विविध बिषयमा अन्तरक्रिया तथा छलफल भएको थियो ।

कार्यक्रममा पार्टी पोलिट्व्युरो सदस्य तथा पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, पार्टी पोलिट्व्युरो सदस्य तथा कंचनपुर ईन्चार्ज निरु देवि पाल, पार्टी केन्द्रिय सदस्य कृपाराम राना, पार्टी केन्द्रिय सदस्य कमला बोहरा, पार्टी केन्द्रिय सदस्य इन्दु कडरिया बिष्ट, प्रदेश उपसचिव नर ब . बिक, जिल्ला अध्यक्ष लक्ष्मी बुढा, प्रदेश कमिटी सदस्य, जिल्ला पदाधिकारी सहित पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम पार्टी कार्यालय महेन्द्रनगरमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्