विश्वकप क्रिकेट लिग–२ : नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित शृङ्खला आजदेखि

काठमाडौँ  – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज राति सवा ९ बजे डालासमा घरेलु टोली अमेरिका र स्कटल्यान्ड खेल्दैछन् ।

नेपालले पर्सि आइतवार अमेरिकासँग खेल्दै लिग–२ शृङ्खलाको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा आउँदो मङ्गलवार स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यो शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डसँग कात्तिक १९ गते खेल्नेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल ८ खेलमा ३ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । यस्तै अमेरिका ८ खेलमा १२ अङ्कसहित दोस्रो र स्कटल्यान्ड ७ खेलमा ९ अङ्कसहित पाँचौं स्थानमा छ । लिग–२ को शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्