कञ्चनपुरमा एक दम्पती मृत अवस्थामा भेटिए

सांकेतिक तस्बिर

कञ्चनपुर-  कञ्चनपुरमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका जानकारी दिए । शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्