नेशनल प्याब्सन काठमाडौले यसबर्षको खेलकुद सप्ताह मंसिरमा आयोजना गर्ने

काठमाडौ– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौले विगत वर्ष झैं यस वर्ष पनि खेलकुद सप्ताह आयोजना गर्ने भएको छ । यस बर्षको खेलकुद सप्ताह मंसिरमा हुने भएको छ । संस्थागत विद्यालयमा अध्ययन गर्ने छात्र छात्राको शारिरीक, मानसिक, सामाजिक एवं व्यवहारीक पक्षलाइ खेलको माध्यमबाट विकास गर्दै समग्र शिक्षण सिकाइका गतिविधिलाइ जिवन र संस्कारसँग जोड्ने पवित्र उदेश्यले म‌ंसिरमा खेलकुद सप्ताहको आयोजना गर्न लागेको नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

खेलकुद सप्ताहमा विभिन्न विद्यामा भाग लिने खेलाडीहरुलाई पुरस्कृत गरिने भएको छ । सबै विद्यामा गरेर झण्डै १००० खेलाडीहरुले प्रतिष्पर्धामा भाग लिने छन् भने फुटसल, बास्केटबल, टेबल टेनिस, एथलेटिक्स लगाएतका खेलहरु सञ्चालन हुनेछन् । उक्त खेलहरुमा कक्षा ९ सम्मका खेलाडीहरुले मात्र भाग लिन पाउने छन् ।

खेलकुद सप्ताहमा सम्पूर्ण सदस्य विद्यालयहरुलाई सहभागिता जनाउन नेशनल प्याब्सन काठमाडाैँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले आग्रह गर्नुभयो । विभिन्न विधामा हुने खेलको स्थान र खेल संयोजक भने पछि तोकिनेछ । गत बर्ष खेलकुद सप्ताह सम्पन्न गर्नका लागि ५ लाख ५० हजार खर्च भएको थियो भने यस बर्षपनि करिब ६ देखि ७ लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्