पहाडी भूभागका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडाैँ – देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

यसैगरी अहिले काठमाडाैँ उपत्यकासहित देशभरको मौसम सफा छ ।  कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहाडका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्