सहकारीको रकम अपचलनमा ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिसका लागि पत्राचार

काठमाडाैँ – मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न एनसीबीले इन्टरपोललाई पत्राचार गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिशमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो । ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध सहकारीको १२ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्