सुनको भाउ आज पनि बढ्यो, तोलाको एक लाख ६६ हजार ७ सय

काठमाडाैँ – सुनको भाउ आज पनि बढेर नयाँ कीर्तिमान बनाएको छ । हिजो कारोबार भएको मूल्यमा आज ८ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो । आज तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै भाउ बढेको महासङ्घको भनाइ छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्