वीरगञ्ज भन्सार नाकामा पेट्रोलियम पदार्थको आयातमा कमि

काठमाडाैँ – वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा कमि आएको छ ।   वीरगञ्ज भन्सार कार्यालयका अनुसार डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको हो ।चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल  तथा १२ अर्ब ६६ लाख ८० हजार बराबरको आयात भएको छ ।

जुन आयात २५ दशमलव ३३ प्रतिशतले घटेको हो । यो सँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ ।

मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्