दार्चुलामा आफन्तबाटै जबरजस्ती करणीको सिकार बनिन् १६ वर्षीया किशोरी

सांकेतिक तस्विर

काठमाडौँ –  दार्चुलामा एक १६ वर्षीया किशोरी आफन्तबाटै जबरजस्ती करणीको सिकार बन्न पुगेकी छन्।  कक्षा ८ मा पढ्ने ती किशोरी आफन्तबाटै जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। किशोरी करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ। शुक्रबार मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  ती पुरुषले मदिरा सेवन गरेर किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ।

१६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडित किशोरीको घर–परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको उनले बताए।

पीडित किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्