प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

सभापति देउवा आएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटवार्ता सुरु भएको छ । देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए ।

साँझ सात बजे भेटवार्ताको समय तय भएको थियो । देउवा आउने भएपछि प्रधानमन्त्री ओली च्यासलबाट बेलैमा बालुवाटार फर्किएका थिए ।

देउवासँग सरकारकै नियमित कामकार्बाहीबार छलफल हुने प्रधानमन्त्री ओलीले जानकारी दिएको एमाले सचिवालय स्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्