स्वास्थ्यकर्मी मिश्र सम्मानित

काठमाडौँ – स्वास्थ्यकर्मी बागेश्वर प्रसाद मिश्र सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले मिश्रलाई सम्मान गरेको हो । स्वास्थ्य निर्देशनालयले जिल्ला अस्पताल दार्चुलामा कार्यरत रहि स्वास्थ्य सेवा पूवाहमा पुर्याएको योगदानको कदर गर्दै आर्थिक वर्ष २०८०/८१ को एकिकृत वार्षिक स्वास्थ्य समिक्षा कार्यक्रमको अवसरमा एनेस्थेसिया सहयक मिश्रलाई सम्मान गरेको हो । मिश्रले जिल्ला अस्पताल दार्चुलामा ५ वर्ष ७ महिना सेवा गरेका छन् । नेपालगञ्जको भेरी अस्पतालबाट स्वास्थ्य सेवा दिन सुरु गरेका मिश्रले विर अस्पतालबाट छात्रबृतिमा अध्ययन सकेलगत्तै दार्चुला आएका थिए । जिल्ला अस्पतालमा कार्यरत रहदा मिश्र कर्मठ, इमान्दार र मेहनती कर्मचारीका रुपमा चिनिन्थे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्