दीपेन्द्रसिंह ऐरीले लिए अमेरिकाको लगातार दुई विकेट

काठमाडौँ – अलराउन्डर दिपेन्द्रसिंह ऐरीले अमेरिकाको लगातार दुई विकेट लिएका छन्।

अमेरिका विरुद्धको पहिलो टी-२० खेलमा १६५ रनको लक्ष्य दिएर बलिङ गरिरहेको नेपालका लागि १६ औं ओभरमा ऐरीले लगातार दुई विकेट लिएका हुन्।

उनले ओभरको पहिलो र दोस्रो बलमा विकेट लिए। १६ औं ओभरको पहिलो बलमा ऐरीले मिलिन्ड कुमारलाई अनिल साहबाट क्याच आउट गराए। मिलिन्ड कुमार २६ बलमा २२ रन बनाएर खेलिरहेका थिए। मिलिन्डको विकेटपछि आएका हरमित सिंहलाई ऐरीले दोस्रो बलमा एलबिडब्लु धरापमा पारे।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्