टिपर दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ – दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको गढवा गाउँपालिका – ७ का २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको हो। घोराही–तापासडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका– ४ जुम्लेपानीमा रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा परेको थियो।

घोराहीबाट थारा तर्फ जाँदै गरेको खाली टिप्पर शुक्रबार बिहान १ बजेतिर दुर्घटनामा परेको खबर आएपछि प्रहरी घटनास्थल पुगेको दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले सेतोपाटीलाई बताए।

टिपर सडकदेखि करिब ८० मिटर तल खसेको छ। चालकको शव पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ। प्रहरीका अनुसार टिपरमा चालक एक्लै सवार रहेको बुझिएको छ।

चालकको घटनास्थलमै मृत्यु भएको हुँदा दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान जारी रहेको डिएसपी थापाले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्