साढे पाँच वर्ष जिल्ला अस्पताल दार्चुलामा सेवा गरेर विदा भए विपीन मिश्र

दार्चुला –  जिल्ला अस्पताल दार्चुलामा कार्यरत एनेस्थेसिया सहायक (असिस्टेन्ट) बागेश्वर प्रशाद मिश्र (विपिन) को विदाइ भएको छ ।

मंगलवार जिल्ला अस्पताल दार्चुलाले एक कार्यक्रमकाबीच  एनेस्थेसिया सहायक मिश्रको बिदाई गरेको हो । निक साइमन इन्स्टिच्युट (एनएसआइ) बाट २०७५ माघ २७ गतेदेखि मिश्र जिल्ला अस्पताल दार्चुलामा कार्यरत थिए । सुरुमा एनएसआइले दुई वर्षको लागि मिश्रलाई  दार्चुला खटाएको थियो । मिश्रले उत्कृष्ट कार्यसम्पादन गरेकाले उनलाई थप साढे तीन वर्ष बढी जिल्लामै खटाइएको थियो । उनले जिल्ला अस्पताल दार्चुलामा ५ वर्ष ७ महिना सेवा गरेका छन् ।

२०७६ सालमा देशब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सक्रमणकालमा जिल्लामा तीन–तीन वटा भेन्टिलेटर, आइसियु सञ्चालन गरि १५ जनालाई जिवन दान दिनुका साथै बिरामी जाचँ, जटिल खालका शल्यक्रिया, लगायतका स्वास्थ्य सेवामा खटिएर काम गरेका मिश्रलाई स्वास्थ्य कार्यालय दार्चुलाले दुइ पटक र जिल्ला अस्पताल दार्चुलाले एक पटक सम्मान समेत प्रदान गरेको थियो ।

नेपालगञ्जको भेरी अस्पतालबाट स्वास्थ्य सेवा दिन सुरु गरेका मिश्रले विर अस्पतालबाट छात्रबृतिमा अध्ययन सकेलगत्तै दार्चुला आएका थिए । जिल्ला अस्पतालमा कार्यरत रहदा मिश्र कर्मठ, इमान्दार र मेहनती कर्मचारीका रुपमा चिनिन्थे । उनले बिरामीहरुप्रति देखाएको अपनत्व तथा सहयोगी भावनाको उच्च कदर गर्दै जिल्ला अस्पतालले उनको विदाई गरेको हो । मिश्र अब महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा हाजिर हुनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्