ब्राउन सुगरसहित बुबा–छोरा पक्राउ

झापा : भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित भारतीय बुबा छोरा पक्राउ परेका छन्। लागूऔषधसहित भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले सोमबार दिउँसो साढे १ बजे भद्रपुर– ५ बसपार्कस्थित न्यु बान्तवा होटेलबाट ५८ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

होटेलमा लागू औषधको कारोबार भइरहेको जानकारी पाएपछि प्रहरी टोली होटेलमै पुगेर बुबा-छोराको शरीर तलासी गर्दा ब्राउन सुगर फेला परेको थियो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्