महिला टी–२० विश्वकप : पाकिस्तानलाई हराएर न्युजिल्याण्ड सेमिफाइनलमा, भारत बाहिरियो

काठमाडौँ  – पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइलनमा पुगेको छ । पाकिस्तानको हारले भारतसमेत सेमिफाइनल नपुगि बाहिरिएको छ । गएराति दुबईमा भएको खेलमा न्युजिल्याण्डले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान ५६ रनमा अलआउट भयो ।

सेमिफाइनलमा पुग्न पाकिस्तानले हिजोको खेल १० ओभरभित्रै जित्नुपर्ने बाध्यता थियो तर ५६ रनमै अलआउट हुन पुग्यो । यदी पाकिस्तानले जितेको भए भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना थियो ।

पाकिस्तानका दुई जनाबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । समूह ‘ए’बाट अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘बी’बाट इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजमध्ये तीन वटै टोलीको सेमिफाइनल सम्भावना कायमै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्