राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई दशैँको टीका

Photo: RSS

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएका छन् । ओलीसँगै सरकारका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपतिबाट टीका लगाएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइ दिएका हुन् । यसपछि भने ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने कार्यक्रम सुरू भएको छ ।

राष्ट्रपति पौडेल आफूले भने ९४ वर्षीय दाजु डुण्डीराज पौडेल र गुरु पुरोहितबाट शुभ साइतमा टीका र जमरा लगाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्