बैतडीमा एक युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ

बैतडी- बैतडीमा एक युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन् ।

पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको हो ।  जोशीलाई महाकाली पारी भारततर्फबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन् ।

मंगोला थरकी युवती शुक्रबार बिहान ४ बजे पानी ल्याउने भन्दै जर्किन (प्लास्टिकको ग्यालन) लिएर घरबाट निस्किएकी थिइन् तर दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए । उनीहरुले चौकी इन्चार्ज जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन्। दुवै जनाबीच विगतदेखि नै फोन सम्पर्क र भेटघाट हुने गरेको स्थानीयको आरोप छ । युवती बेपत्ता भएको घटनामा चौकी इन्चार्ज पक्राउ परेपछि त्यहाँ कार्यरत अन्य प्रहरी समेत जिल्ला तानिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्