सुख्खा पहिरोले अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

काठमाडाैं – बीपी राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको रोशी–११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको सडक आंशिक रुपमा खुलेसँगै एकतर्फी गाडी चल्न थालेका छन् ।

बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर सडक केहीबेर अवरुद्ध  भएको थियो । पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोमा खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको थियो भने पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्