हामी संविधान परिमार्जन र संशोधनको विरोधी होइनौं: अध्यक्ष प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको बताएका छन्।

बुधबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा विगतमा पनि माओवादी केन्द्रले दुई पटक संविधान संशोधनको प्रस्ताव राखेर मधेसवादी दलहरूलाई समझदारीमा ल्याएको स्मरण पनि गरे।

उनले देशमा अप्ठ्यारो परेका बेला सबै राजनीतिक दल राष्ट्रिय सहमतिको साथ अघि बढ्नुपर्ने र विपत्तिको सामना गर्नुपर्ने पक्षमा रहेको बताए। उनले २०७२ सालको भूकम्पपछि आम जनताको चाहनाअनुसार संविधान सभाबाट संविधान बनाउन प्रमुख राजनीतिक दलबीच सहमतिको वातावरण बनाउन सकिएको पनि स्मरण गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्