अत्तरिया चोक नजिकै भ्यान दुर्घटना, चालक फरार

कैलाली – कैलालीको अत्तरिया चोक नजिकै भ्यान दुर्घटना भएको छ। गए राति ३ बजेको समयमा अत्तरिया चोक नजिकै सुदूरपश्चिम प्रदेश ०२००१ ज ०५४४ नम्बरको भ्यान डिभाइडरमा ठोक्किएर दुर्घटना भएको ट्राफिक प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। भ्यानमा चालक मात्रै रहेकाले मानविय क्षति भने भएको छैन। भ्यान दुर्घटना भएपछि चालक फरार रहेका छन्। उनको खाजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्