अर्किड प्युपल सेकेन्डरी स्कुलमा दशैँ मिलन कार्यक्रम सम्पन्न

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले बडादशैँ २०८१को अवसर पारी दशैँमिलन कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरुको सहभागितामा दशैँमिलन कार्यक्रम सम्पन्न गरेको हो । सोही अवसमा विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले शिक्षकहरुलाई थप कटिबद्ध भएर आफ्नो पेशा प्रति इमान्दार हुन निर्देशन दिए । उनले विद्यार्थीहरुको भविष्य निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भुमिका हुने भन्दै दशैँ पछाडी विद्यार्थीहरुको पठनपाठनमा थप जोड दिनुपर्ने बताए । कार्यक्रममा विद्यालयका निर्देशक प्रेमकुमार भुजेलले सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी लगायत अभिभावकहरुमा दशैँको शुभकामना व्यक्त गरेका थिए । निर्देशक भुजेलले अर्किडको सफलता सम्पूर्ण शिक्षक र कर्मचारीहरुको सफलता भएको भन्दै थप लगनशील हुन आग्रह गरे । विद्यालयका प्रिन्सिपल कार्की र निर्देशक भुजेलले शिक्षक र कर्मचारीहरुलाई दशैँको टिका लगाई दक्षिणा प्रदान गरेका थिए ।
विद्यालयले आजै विद्यार्थीहरुको नतिजा समेत प्रकाशन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्