दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर–७ बोहरीगाँउकी   ६५ वर्षीया धौली देवी जोशीको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । उनलाई उपचारकालागि धनगढी लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दार्चुलाबाट  सामान्य बाहेकका सबै उपचार गर्न धनगढी जानु पर्ने बाध्यता छ । उपचारकाे अभावमा दार्चुला र बैतडीवासीले अकालमै ज्यान गुमाउनु परिरहेको छ । दार्चुलाको गोकुलेश्वर अस्पतालमा दक्ष जनशक्ती र उपकरणको अभावमा विगत देखि नै सामान्य उपचार मात्र हुने गरेको छ । गोकुलेश्वर अस्पताललाई स्तरउन्नती गरेर संचालन गर्न सके दार्चुला र बैतडी क्षेत्रका ठुलो जनसंख्याले लाभ लिन सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्