गुरुकुल एकेडेमी कक्षा ६ को ४ दिने बन्द शिविर सम्पन्न

दाङ – गुरुकुल एकेडेमी दाङ तुलसिपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी शुभम सुनार जम्मा १२ बर्षका भए । शुभम बजारमै जन्मिए बजार हुर्किए । १२ बर्षको उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि अन्य घराएसी कामको बारेमा जान्ने मौका पाएका थिइनन । तर विद्यालयले आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उदेश्यले घोराही १९ सैघा स्थित एक विद्यालय परीसरमा क्लोज क्याम्पमा राखेर विभीन्न पढाई संगै घरायसी कामको अबस्था बुझ्ने अवसर मात्र प्राप्त गरेनन ,उनिहरुले घरायसी काम आफै गर्ने र आफ्नो जिवनमा के कस्ता कुराहरुको आबश्यकता हुदो रैछ भन्ने कुरा बुझ्ने मौका पाए र यो कामबाट धेरै सफलता हासिल पनि गरे । उनि यो भन्दा अगाडि यसरी आफ्नै जिम्मेवारीमा रहेर केहि काम गरका थिएनन् ।उनलाई बन्द शिविर भनेको समेत थाहा थिएन । विद्यालयले कक्षा ६ का बिद्यार्थिहरुलाई क्लोज क्याम्पमा राख्ने निर्णय बिद्यालयको आन्तरीक पाठ्यक्रममा राखेर गरेको थियो । सोहि अनुरुप कक्षा ६ का विद्यार्थिहरुलाई पनि गत बर्षबाट बार्षिक रुपमा क्लोज क्याम्पमा राख्ने निर्णय भएको हो ।

असोज १७ गते देखि २० गतेसम्म गरीएको क्लोज क्याम्प आज समापन गरीएको छ । कक्षा ६ का बिद्यार्थिहरुले आफुलाई आबश्यक पर्ने खानेकुरा जोहो तरकारी केलाउने देखि खाना पकाउने र भाडा मिस्ने लगाएतका काम आफै गर्ने गरेका छन भने चित्र बनाउने ,योगा गर्ने ,बोल्न सिक्ने ,सरसफाई को काम गर्ने खेल खेल्ने र ग्रामिण भेगमा रहेको गाँउको जिवन शैलि समेत बुझ्ने मौका पाएका छन । बुवा आमाको काखमा बसेर घरमा खाना पकाउने,कपडा धुने काम कहिले नगरेका उनिहरु बिद्यालयका शिक्षकहरु संग बसेर सिक्न पाउदा निकै खुसि भएका छन । गुरुकुल एकेडेमी तुलसिपुरका शुभम मात्र नभएर गुरुकुल एकेडेमी लमहिका एन्जल केसिको पनि अनुभव उस्तै छ । उनिहरु संगै गुरुकुल एकेडेमी घोराही , लमही र तुलसिपुरका विद्यार्थि ४७ जना बिद्यार्थि क्लोज क्याम्पमा बसेका हुन । आफ्ना शिक्षक शिक्षिकाको सहयोगमा धेरै कुरा सिकेका उनिहरुले ग्रामीण जीवनको महत्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताए । त्यसगरी उनीहरुले क्लोज क्याम्पले दैनकि जीवनको महत्त्वसंगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परीवेशमा पारीवारीक बातावरण बाहिर बसेर  कसरी पढ्दा रहेछन भनेर बुझ्ने अबसर समेत  मिलेको बताए ।  यसले विद्यालयमा सैधान्तकिसंगै व्यवहारकि ज्ञान दिने गरेको अभिभावकको भनाई छ । घरबाट क्लोज क्याम्पमा जानेभन्दा बुबाआमाले मन गर्नुभएको थिएन बिद्यार्थिले भने तर आफुसंगै सरहरुले भनेको भनेपछि अभिभावकले पनि सहमति जनाएर क्लोज क्याम्पमा बासालेका हुन ।

अहिले ति साना बच्चाहरुले ४ दिने क्लोज क्याम्प सफल भएपछि बिद्यालय मात्र होइन अभिभावक पनि खुसि छन । अहिले क्लोज क्याम्पमा रहेका विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने,अध्ययन गर्ने क्लोज क्याम्प अफिसर तथा गुरुकुल तुलसिपुरका प्रधानाध्यापक मुकुन्द ष्रिीले बताउनुभयो । घोराहीको रतनपुरमा रहेको स्कुलले कक्षा ९का बिद्यार्थिहरुलाई २०७५ सालदेखि र गत बर्ष देखि कक्षा २ का विद्यार्थिहरुलाई प्रत्येक वर्ष  जीवन उपयोगी शिक्षासंगै व्यबहारीक ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको छ । गुरुकुल एकेडेमिका यस्ता फरक शिक्षण सिकाईले बिद्यार्थिको सर्वागिंन बिकास हुने भन्दै पत्रकार तथा उपस्थित अभिभावकले यस्ता कार्यक्रम नियमित संचालन गर्न समेत अनुरोध गरेका थिए । गुरुकुल एकेडेमीका घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षता तथा पत्रकार सहित शिक्षक र सुरक्षा कर्मिहरुको उपस्थितिमा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका परीक्षा संयोजक विवेक देबकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण बन्द शिबिरमा बसेका भाइबहिनिले गर्नुभएको थियो । क्लोज क्याम्प सफल पार्न रात दिन खटेको भन्दै बिद्यालयले क्लोज क्याम्पमा बसेका शिक्षक तथा शिक्षिकाहरुलाई धन्यबाद ज्ञापन गरेको  थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्