रास्वपासहित २५ दलले स्थानीय चुनावमा भाग लिने

काठमाडौँ – स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ राजनीतिक दलले दर्ता गराएका छन्।

संविधान बमोजिम मंसिर १६ गते हुने भनिएको उपनिर्वाचनका लागि दल दर्ता गराएका हुन्।

असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको लागि आह्वान गरिएको थियो। त्यसमा २६ राजनीतिक दलले निवेदन दिएको निर्वाचन आयोगको प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम अनुसार कानुनी प्रक्रिया पुरा भएका २५ राजनीतिक दल दर्ता भएका छन्।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गराएको हो। रास्वपाले पहिलो पटक स्थानीय तहमा भाग लिँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्