नेपाल प्रिमियर लिग: भीम सार्की काठमाडौं गुर्खाजमा १५ लाखमा अनुबन्धित

काठमाडौं – नेपालका शीर्ष क्रमका भरपर्दा ब्याटर भीम सार्कीलाई नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले १५ लाख रुपैयाँमा लक्की ड्रमार्फत पाएको छ ।

उनले १० लाख न्यूनतम मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा काठमाडौं, कर्णाली र चितवनबीच प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १५ लाखमा काठमाडौंले लक्की ड्र मा भीम सार्कीलाई पाएको थियो । भीम नेपाली क्रिकेटमा भरपर्दा ब्याटरको रुपमा चिनिन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्