मनसुन बाहिरिन ढिला हुँदा दशैँकाे टीकाकाे दिन पनि पानी पर्न सक्ने

काठमाडौँ  – मनसुन बाहिरिन ढिला हुँदा यस पटकको दशैँको टीकाको दिनमा पनि वर्षा हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले नेपालबाट मनसुन नबाहिरिएकाले दशैँको समयभरि नै केही ठाउँमा वर्षा हुने सम्भावना रहेको बताए । उनले ठूलो पानी पर्ने सम्भावना नदेखिए पनि दशैँ अवधिभर पनि मनसुन सक्रिय रहने भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने बताए । अहिले विभिन्न मोडेलले अनुमान गरेको भन्दा धेरै वर्षा भइरहेकाले दशैँको समयमा वर्षा हुन सक्ने उनको भनाइ छ ।

अहिले गण्डकी र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज राति पनि कोशी, मधेश, बाग्मती र गण्डकीका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा राति मौसम सफा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्