दाउन्नेमा घण्टौंको सवारी जामले कष्टकर बन्दै यात्रा

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको दाउन्नेमा पटक -पटक सडक भासिएर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । सडक भासिएपछि हिजो साझ देखि अवरुद्ध सडक आज बिहान १० बजे तिर बाट एकतर्फी रुपमा संचालनमा ल्याइएको छ । तर सवारी साधनको चाप धेरै भएकाले सवारी साधनहरु घण्टौ जाममा पर्ने गरेका छन् भने यात्रुलाई सास्ती पनि उस्तै छ । पश्चिम तर्फ बर्दघाट क्षेत्रबाटै सवारी साधनको लाईन छ भने दुम्किबास तर्फ पनि लामो लाईन रहेको छ । लामो समय सम्म जाममा बस्नुपर्दा यात्रुलाई सास्ति भएको हो ।

हिजोदेखि जाममा रहेको सवारी साधन १५ घण्टा पछि बल्ल आज दिउसो दाउन्ने पार गरेर गन्तव्य तर्फ लागेका छन् । जाममा बस्नुपर्दा खाना त परै जाओस् प्रर्याप्त पानी समेत पिउन नपाएको यात्रुले दुख पोखेका छन् । काठमाडौँबाट धनगढीकालागि हिडेकी यात्रु यशोदा रिमालले १०-१२ घण्टा गाडीमा बिताउदा निकै सास्ती भएको बताइन् ।

अझै बालबच्चा सहित यात्रा गर्नेहरुको अवस्था त झनै काहालीलाग्दो छ । रातभर एकै स्थानमा खानपिनको समेत व्यवस्था नहुदा समस्या भएको यात्रुहरुले बताएका छन् । यस्तो सास्तीका बिच तत्कालै दाउन्ने सडक सहज रुपमा सुचारु हुने सम्भावना छैन् ।

बर्दघाट ४ दाउन्ने उकालो स्थीत खुर्सानीखोलामा सडक भासिएपछि सवारी आवागमनमा समस्या भएको हो । गत असोज १४ गते सडक भासिएर अवरुद्ध भएको सडक १५ गते देखि सुचारु भएको थियो ।

१५ गते रातभर सवारी रोकेर काम गरिएपनि हिजो फेरि अवरुद्ध भएपछि दाउन्ने क्षेत्रको यात्रा कष्टकर बनेको छ । तत्कालै दुईतर्फि सडक खुल्ने सम्भावना नरहेको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिए । ठुलो पहिरो सहित सडक भासिएकाले काम गर्न समस्या भएको उनको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्