सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं – बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मुल्य १० रुपैयाँले बढेर १९३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्