कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू, गण्डकीसम्मका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौँ  – कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशसम्म देखिने छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार कोशीदेखि गण्डकी प्रदेशसम्मका केही ठाउँमा पर्सिसम्म बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ  । विशेषगरी कोशी प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुनेछ । मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्नेछ ।

यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा पानी पर्ने सम्भावना कम छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने माैसमविद् मानन्धरले बताउनुभयो । तर यसअघिको वर्षाले देशका सबै भू–भाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढी पहिरोको सम्भावना रहेको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालमा रहेको मानन्धरको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्