झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म २९ शव निकालियो

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ ।

प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको हो । अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्