नौबिसेमा बस र दुई वटा साना सवारीसाधन पुरिए

काठमाडौँ – धादिङको धुनिबेसी नगरपालिका स्थित नौबिसेमा पहिरो खसेर एउटा बस र दुई वटा साना सवारीसाधन पुरिएका छन् ।

पहिरो खसेर ३ वटा सवारी पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाको छ । प्रहरीका अनुसार सवारी साधन पुरिएका छन् मानवीय क्षति भएको छैन ।

इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर सिताराम विष्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । पहिरो खस्नुअघि नै बस र अरु दुईवटा सवारीमा सवारी यात्रु झरेको इन्स्पेक्टर सिलवालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्