प्रधानमन्त्री ओली र एमसीसीकी कार्यकारी प्रमुख अल्ब्राइटबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको अल्ब्राइटले भेट गरेकी हुन् ।  भेटपछि प्रधानमन्त्री ओलीले प्रसारण लाइन र राजमार्गहरू मार्फत उच्च गुणस्तर जडानको लागि परियोजनाको चाँडै पूरा गर्न तत्पर रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्