आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव कायमै छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।

यसको अर्थ मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा पर छ। मनसुनको सिजनमा उत्तर दक्षिण सरिरहेन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्दा नेपालमा लगातार पानी पर्ने सम्भावना रहँदैन। सोमबार दिउँसो भारी वर्षाको सम्भावना नरहेपनि राति भने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

त्यस्तै देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा राति मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको हुने पनि पूर्वानुमान छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्