दुर्गा प्रसाई पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।

उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।  प्रसाईले मुख्य गेट नै नखोलि बार्दलीमा गएर अपशब्द बोल्न थालेपछि प्रहरीले भर्याङ लगाएर पक्राउ गरेको छ । साथै उनका अङ्गरक्षकले हातपात गरेपछिन उनीहरुलाई समेत नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्