ओली र मोदीको भेटवार्ताका लागि प्रयास जारी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच अमेरिकाकाे न्युयोर्कमा भेटवार्ता गराउने प्रयास भइरहेको छ ।

भारतीय प्रधानमन्त्री मोदी भेटवार्ताका लागि सकारात्मक देखिएपनि समय तय हुन सकेको छैन । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘दुई देशका प्रधानमन्त्रीबिच भेटवार्ताका लागि प्रयास भइरहेको छ । सम्भावना छ, तर समय तय भएको छैन ।’

भेटवार्ताका लागि भारत सकारात्मक रहेकाले दुवै पक्षबिचमा छलफल भइरहेको परराष्ट्रका एक अधिकारीले बताए । बिहीबार मात्र इजरायल–हमासको द्वन्द्वमा नेपाल र भारत एक साथ उभिएका छन् । युएनमा मतदान हुँदा भारत र नेपाललगायतका देश तटस्थ बसेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्