पाँचपोखरीमा शैक्षिक गुणस्तर अभिवृद्धि, क्षमता विकास साथै उत्प्रेरणा सम्बन्धी २ दिने कार्यशाला सुरु

काठमाडौँ – पाँचपोखरी थाङपाल गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि, क्षमता विकास साथै उत्प्रेरणा सम्बन्धी २ दिने कार्यशाला सुरु भएको छ । संविधान दिवसको अवसरमा गाउँपालिका सभाहलमा सुरु भएको कार्याशालाको बिहीबार औपचारकि कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लामाले शिक्षकहरुको बौद्धिकता,उत्सुकता,गतिशीलता जागरले कार्यक्रम फलदायी हुने बिश्वास लिएको बताउनुभयो । उहाँले संविधानको सार्वभौमसत्ता नेपाली जनतामा रहेको उल्लेख गर्दै यो संविधान पनि पुर्ण नरहेको टिप्पणी भइरहेको उल्लेख गर्दै बनेको संविधानको पुर्ण रुपमा अक्षरंश लागु गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लामाले पाँचपोखरीको शैक्षिक गुणस्तर वृद्धि गर्दै यहाँको समृद्धिमा टेवा पुर्याउन शिक्षकहरुको भुमिका महत्त्वपूर्ण हुने जिकिर गर्नुभयो । सामुदायिक विद्यालयका शिक्षकहरु असाधारण क्षमताको हुने भन्दै अध्यक्ष लामाले पाँचपोखरीको शैक्षिक गुणस्तर वृद्धिका लागी अहोरात्र खट्ने शिक्षक हरुको प्रशंसा गर्दै शिक्षामा जिल्लामै उत्कृष्ट बनाउने गरी लाग्न आह्वान गर्नुभयो ।

पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र हेल्पको सह आयोजनामा भएको कार्यक्रममा पालिका भित्रका २४ वटा विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ । सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर ५ का अध्यक्ष काले गोलेको अधयक्षतामा भएको कार्यक्रमको औपचारीक सत्रको समापन समारोहमा बोल्दै अध्यक्ष गोलेले तालिममा ध्यान दिएर सहभागी हुन र सिकेका कुरा विद्यालयमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थी संग र सहभागी नभएका शिक्षकहरु लाई समेत सिकाउन आग्रह गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्