अभिभावक बालबालिकाको सम्बन्धलाई सुदृढ बनाउन नेक्सस एकेडेमीद्वारा अभिमूखिकरण

काठमाडाैँ – नेक्सस इन्टरनेशनल एकेडेमीले अभिभावक बालबालिकाको सम्बन्धलाई सुदृढ बनाउने बारे एक अभिमूखि कार्यक्रमको आयोजना गरेको छ । संविधान दिवसको अवसर पारी बिहिवार काठमाडौँको पेप्सीकोलाको त्रिशक्ति पार्टी प्यालेसमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल आर.बी. कटुवालको अध्यक्षता तथा विद्यालयका काउन्सिलर डा. सुशील कँडेलको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अभिभावक बालबालिकाको सम्बन्धलाई सुदृढ बनाउने बारे बहुमूल्य अन्तर्दृष्टि प्रदान गरिएको छ । कार्यक्रममा अभिभावकको जिज्ञासा समेत काउन्सिलर कँडेले प्रष्ट पारेका थिए भने अभिभावकलाई ज्ञानमूलक शन्देश प्रवाह गरेका थिए ।

हामीले भन्दै र सुन्दै आएका छौं बालबालिकाको पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै हो । वास्तवमा एउटा सफल अभिभावकत्वका लागि अभिभावकहरु शिक्षक, सहजकर्ता, आदर्श व्यक्तित्व, प्रेरणाको स्रोत जस्ता थुप्रै भूमिका निर्वाह गर्नुपर्छ । विभिन्न अनुसन्धान र खोजबाट यो प्रमाणित भएको छ कि जब अभिभावक स्वयम् बालबालिकाहरुको सिकाइका लागि सहभागी हुन्छन् तब बच्चाले प्रभावकारी रुपमा राम्रो अध्ययन र सिकाइ गर्न थाल्छ । हामीसँग आफ्ना बालबालिकाहरुका लागि पर्याप्त समय संलग्नता सहकार्य गर्ने शैली नहुँदा र नगर्दा उनीहरुको बीचको सम्बन्धमा समेत फाटो आउन सक्छ ।

बालबालिकाका लागि सबैभन्दा महत्वपूर्ण सम्बन्ध भनेको उनीहरुले आफ्नो अभिभावकसँग विकास गर्ने नै हो । उनीहरुले हामीसँगको सकारात्मक सम्बन्ध मार्फत नै आफ्नो वरपरको संसारको बारेमा सिक्छन् । बालबालिकाहरुको सम्बन्ध सही बनाउने कुनै गोप्य पुस्तक, जादुको छडी छैन तर सम्बन्धमा फाटो ल्याउन सक्ने र सुमधुर सम्बन्ध स्थापनाका थुप्रै कठिनाइहरु छन् । यदि आफ्ना सन्तानप्रतिको सम्बन्धमा प्रगाढता ल्याउनुभयो भने पक्कै पनि बालबालिकाहरु फक्रने मात्र होइन फुल्नेछन् । यहि कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

शिक्षाको आदर्श, उद्देश्य र गतिअनुसार नै देश विकासको रोडम्याप  कोरिएको हुन्छ । त्यसैले संसारमा जुन देशको शैक्षिक उद्देश्य, नीति र कार्यक्रम समयसापेक्ष, व्यावहारिक र वैज्ञानिकहुन्छ, सोही देश विकासको गतिमाअग्रणी रहेको हुन्छ । शिक्षित र सक्षम जनता देशका अमूल्य पूँजीहुन । शिक्षाव्यक्तित्वविकास र उन्नतजीवनकालागि जरुरी छ । हरेक देशको शैक्षिकअवस्थाले त्यो देशको भविष्यको सफलतालाई प्रतिविम्बितगर्ने गर्दछ । गुणस्तरीय शिक्षाले नै भोलिको सफलभविष्यको परिकल्पनागर्न सकिन्छ । शैक्षिक संस्थाले प्रदानगर्ने गुणस्तरीय शिक्षाबाटमात्रै त्यस संस्थामाअध्ययनरत विद्यार्थीहरुको भविष्य उज्वलहुन सक्छ । वैज्ञानिक र व्यवहारिक गुणस्तरीय शिक्षाप्रदानगर्दै उत्कृष्ट शैक्षिक संस्थाको रुपमाआफ्नो छुट्टै तथाविशिष्ट पहिचान बनाउन सफलभएको शैक्षिक संस्थाहो काठमाडाैँ महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोला टाउनप्लानिङमा रहेको नेक्सस् इन्टरनेशनल एकेडेमी ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्