ग्लोबल पब्लिक स्कुलको आयोजनामा इतिहास वाचन कार्यक्रम सम्पन्न, बेष्ट ग्रुप स्कुल प्रथम

काठमाडाैँ – ग्लोबल पब्लिक स्कुलको आयोजनामा इतिहास वाचन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको पेप्सीकोला टाउनप्लानिङमा रहेको ग्लोबल पब्लिक स्कुलले इतिहास वाचन कार्यक्रमको दोस्रो संस्करण मंगलबार सम्पन्न गरेको हो । २८ विद्यालय सहभागी अन्तरविद्यालय इतिहास वाचन कार्यक्रममा बेष्ट ग्रुप भीजन स्कुलकी छात्रा कृपा घले प्रथम भएकी छिन् भने दर्शना स्कुलकी छात्रा रिद्दी पौडेल द्वितीय भएकी छिन् । यसैगरी गोठाटार इङ्लिस् बोर्डिङ स्कुलकी छात्रा स्वेता चापागाई तृतीय भएकी छिन् भने भीमेश्वर एकेडेमीकी छात्रा युनिशा अधिकारीले सान्त्वना पुरस्कार पाएकी छिन् ।

बर्षाैदेखि इतिहास विषयमा अध्यापन गराईरहेका इतिहासका ज्ञाता डा. लोकनाथ दुलाल तथा साहित्यका ज्ञाता डा. शैलेन्दु प्रसाद नेपाल निर्णायकको भूमिकामा रहनुभएको थियो । प्रतियोगितामा सहभागी प्रतियोगीको लागि ५ मिनेटको समय राखिएको थियो । प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन पहिला नै गोलाप्रथाको माध्यमबाट विद्यालयलाई शीर्षक दिइएको थियो । सोहि शीर्षकमा विद्यार्थीहरुले आफ्नो प्रस्तुती राखेका थिए । जसमा आयोजक विद्यालयले आफ्नो विद्यार्थीलाई अप्रतियोगीको रुपमा सहभागी गराएको थियो।

कार्यक्रममा सहभागी २८ वटै विद्यालयका प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रथम, द्धितीय, तृतीय हुनेलाई नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने सान्त्वना प्राप्त गर्ने प्रतियोगीलाई नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएकोे थियो ।

कार्यक्रमको सभापतित्व गरिरहनुभएका विद्यालयका प्रिन्सिपल मातृका कार्कीले स्वागत मन्तव्य तथा कार्यक्रमबारे विस्तृतमा बताउनुभएको थियो । यसैगरी उहाँले अन्य विद्यालयले आयोजना गर्ने कार्यक्रम भन्दा फरक कार्यक्रम राखेको र इतिहास सम्बन्धि सबैले बुझ्नु जरुरी रहेकोले कार्यक्रमको अवधारणा ल्याएको र दोस्रो संस्करणमा पुगेको बताउनुभयो । स्वागत मन्तव्यका क्रममा उहाँले “वर्तमानलाई विशिष्ट बनाउन सक्यौँ भने भविष्यले गर्वबोध गर्नेछ र जीवन सार्थक हुनेछ । इतिहाससँग साक्षात्कार गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य हो त्यसैले हरेक इतिहास सिक्नयोग्य छन् भन्नुभयो ।”

इतिहास अन्तर्गत हामी जुन विषयको अध्ययन गर्छौँ त्यसमा अहिले सम्म घटित घटनाहरू अथवा त्यो सँग सम्बन्ध राख्ने घटनाहरूको कालक्रमानुसार वर्णन हुन्छ । अहिले सम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो । अथवा प्राचीनतादेखि नवीनता तर्फ आउने मानवजाति सँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो । विद्यार्थीहरुलाई इतिहास सम्बन्धि अध्ययन गर्ने बानीको विकास गर्न तथा विगतका ऐतिहासिक घटनाहरुबारे बुझ्ने अवसर सृजना गर्ने यो विद्यालयस्तरमा गरिएको नौलो कार्यक्रम हो । ग्लोबल पब्लिक स्कुलले आयोजना गरेको यो कार्यक्रम अति उत्तम रहेको वक्ताहरुले बताएका थिए । कार्यक्रममा विभिन्न विद्यालयका निर्देशक, प्रिन्सिपल, संयोजक, शिक्षक शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्