गायक सुरेश शाहीको ‘रित्तो देश’ नामको म्युजिकल सिनेमा सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – गायक सुरेश शाहीको एमटी नेशन अर्थात रित्तो देश’ नामको म्युजिकल सिनेमा सार्वजनिक भएको छ । रित्तो देश नामको भिडियो गीत आइतबार Suresh Shahi युट्युब च्यानल बाट बजारमा आएको छ । पहिलाको काम भन्दा यस पटक अलि फरक तरिकाले भिडियोलाई पस्कने प्रयास गरेको भन्दै यस गीतले देशको यथार्त चत्रण गरेको गायक शाहीले बताए ।

लोक ठाडी भाका मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा गाइने भाकाको गीतलाई डा‍‍. राजेन्द्र भट्टले लेखेका हुन् भने यसमा स्वर, सङ्गीत र सङ्गीत संयोजन सुरेश शाहीको रहेको छ । मारुनी स्टुडियो काठमाडौँमा रेकर्ड भएको यस गीतको निर्देशन शेर शाहीले गरेका छन् । भिडियोमा प्राय सबै थिएटर पृष्ठभूमिबाट आएका कलाकारहरूको रहेको छ । यस गीतमा विजय विस्फोट, डा. दलिप कुमार मल्ल, नारायण बिक, निर्मल साउद, दुर्योधन बस्नेत, र बिनोद पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यस्तै गरी छायाङ्कन मानाशी किरण को रहेको छ भने भिडियो सम्पादन मिलन विक्रम शाहले गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्