वर्षासँगै आएको बाढी र पहिरोले जनजीवन प्रभावित, किसानहरुको धानबालीमा समेत क्षति

काठमाडौँ – लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र पहिरोले जनजीवन प्रभावित भएको हो । हिजोअस्ति देखि नै सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । वर्षासँगै कर्णाली, महाकाली लगायतका नदी तथा ती नदीका सहाक नदी र खोलामा पानीको बहाव बढेको छ ।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका समेत निक्कै प्रभावित भएको छ । घरहरु डुबानमा पर्नुका साथै किसानहरुको धानबालीमा समेत निक्कै क्षति पुगेको छ । शुक्लाफाँटा नगरपालिका वडा नं‌‍ ८ का वडा अध्यक्ष बहादुर सिँह महराले आफ्नो वडा पनि निक्कै प्रभावित भएको बताउनुभयो । अस्ति देखि नै वडा अध्यक्ष महरा स्थलगत अनुगमनमा खटिएका छन् ।

स्थानी खोला नालाहरु समेत जलमग्न भएका छन् भने नदि किनारका खेतहरु समेत बगाएको अवस्था छ । यसैगरी धानबालीको तहसनहस पारेको वडाअध्यक्ष महराको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्