झापाको बिर्तामोडमा छुरा प्रहार गरी युवतीको हत्या

काठमाडौँ – झापाको बिर्तामोडमा एक युवकले छुरा प्रहार गरी एक युवतीको हत्या गरेका छन् । बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ एक युवाको छुरा प्रहारबाट १९ वर्षिया मनीषा लोहारको मृत्यु भएको हो ।

लोहारमाथि कैलाली गौरीगंगा नगरपालिका – ३ निवासी २० वर्षीय अनिल विकले छुरा प्रहार गरेको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले बताए । घटनामा गम्भीर घाइते भएकी लोहारको उपचारका क्रममा मृत्यु भएको हो ।

विकले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । स्थानीयले घटनाको प्रतिकार गर्दा ती युवा भागेका थिए । अर्जुनधारा–६ मा स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाएका थिए । विकसमेत घाइते रहेको झापा प्रहरीले जनाएको छ ।

स्थानीयको कुटपिटबाट घाइते भएका युवाको बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचार भइरहेको एसपी केसीले बताए । उनको बयान लिने काम बाँकी रहेकाले उनको परिचय खुल्न पनि बाँकी रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्