प्रकाश तिवारी उत्कृष्ट मेयरबाट सम्मानित, कांग्रेसले गर्‍यो पुरस्कृत

काठमाडौं – युवा राजनीतिज्ञ प्रकाश तिवारी उष्कृट मेयरबाट सम्मानित भएका छन् । स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउपालिकाका अध्यक्ष तिवारीले स्थानीय तह संचालनमा उत्कृष्ट काम गरेको भन्दै नेपाली कांग्रेसले आज (बिहीबार) एक कार्यक्रमकाबीच केन्द्रिय पार्टी कार्यलयमा सम्मान गरेको हो । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादूर उनलाई खादा माला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउवाका साथै उपसभापति, महामन्त्रीलगायतका पार्टी पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कांग्रेसले कर्णालीदेखि कोसी प्रदेशसम्मका २१ स्थानीय सरकारहरु सम्मानित गरेको थियो । जस अनुरुप तिवारीले अर्जुन चौपारी गाउँपालिकाको अध्यक्ष भएर जनतालाई उत्कृष्ट सेवा प्रदान गरेको, वित्तीय अनुशासन पालना गरेको जस्ता विषयमा राम्रो काम गरेको भन्दै सम्मान गरेको हो । यसैगरी उनले गाउँपालिकाको अध्यक्ष रहेर वित्तीय सुशासन, आर्थिक व्यवस्थापन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, जवाफदेहिता, पारदर्शिता, कार्यसम्पादन क्षमता विकास, शासकीय प्रवन्ध र सुशासन, सेवा प्रबाह, सामाजिक समावेशीकरणमा देशभरीमा उत्कृष्ट काम गरेको भन्दै कांग्रेसले सम्मान गरेको हो ।

सम्मानित भएसँगै अध्यक्ष तिवारीले जनताले महशुस गर्नेगरी काम गर्न अझै धेरै बाँकी रहेको हुँदा अहिले नै खुशी भैहाल्ने अवस्था नभएको प्रतिक्रिया दिए । ‘अझै पनि स्थानीय तहमा सुधार धेरै ठाउँहरु छन्,’ उनले भने, ‘अहिले राम्रो काम गरेको भन्दै नेपाली कांग्रेस सिंगो पार्टीले जसरी सम्मान गरेको छ त्यसले आगामी दिनमा ती सुधारका कामलाई पुरा गर्न थप हौसला प्रदान गरेको छ ।’ साथै एकल प्रयासले मात्रै सुधार सम्भव नहुने भन्दै अर्जुन चौपारीका जनता, जनप्रतिनिधि र सम्पूर्ण राष्ट्र सेवक कर्मचारीको साथ र सहयोगले यो अवस्थासम्म पुगेको उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्