कांग्रेसले गर्‍यो उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान (नामावलीसहित)

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीबाट २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका स्थानीय तह (गाउँपालिका र नगरपालिका) प्रमुखलाई सम्मान गरेको छ।

सभापति शेरबहादुर देउवाले उत्कृष्ट काम गरेका स्थानीय तह प्रमुखहरूलाई सम्मान गरेका हुन्। कांग्रेसले २०७९ को स्थानीय तह चुनावमा तीन सय २९ वटामा प्रमुख पद जितेमा तीमध्ये उत्कृष्ट काम गरेकोलाई सम्मान गरेको हो। केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार कार्यक्रम गरी उत्कृष्ट काम गर्नेहरूलाई सम्मान गरेको थियो ।

धादिङको नेत्रावती दबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नुवाकोटको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, काठमाडौंको नाजार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीलाई सम्मान गरिएको विभागले जनाएको छ ।

साथै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, गुल्मीको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष यमना दनै, धादिङकै नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई पनि सम्मान गरेको कांग्रेसले जनाएको छ।

विभागले सिन्धुलीको ध्याङलेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन, दैलेखको महाबु गाउँपालिका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा, हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाय, इलाम नगरपालिकाका मेयर केदार थापा, चितवनको खैरहनी नगरपालिका मेयर शशीकुमार खनियाँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर आइतमान तामाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईलाई सम्मान गरिएको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्