रास्वपाबाट निस्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका  हुन् ।

३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्