प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मदिनको अवसरमा दोसल्ला ओढाएर बधाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको बधाई दिदै शुभकामना दिएका हुन् ।

दोसल्ला ओढाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले लेखेका छन्- आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक  विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्